आजवाट मनसुन शुरु

२०७१ असार ६ गते, शुक्रबार


काठमाडौ, ६ असार । यसवर्षको मनसुन शुरु भएको छ । मौसम बदली भएको र शुक्रबारदेखि मनसुन शुरु भएको मौसमविद वरुण पौडेलले जानकारी दिए ।झापा र विराटनगर क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको हो । यसको औपचारिक घोषणा बेलुकी गरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पर्ने हिसाबले शुरुमा केही कमजोर जस्तो देखिएपनि आइतवार वा सोमवारदेखि पानी पर्ने महाशाखाको भनाई छ । पूर्वबाट प्रवेश गरेको मनसुन चार दिन भित्र पश्चिम नेपाल पुग्नेछ ।
हिन्द महासागरमा उत्पत्ति हुने मनसुन बंगालको खाडी हुँदै पूर्वी क्षेत्रबाट नेपाल भित्रिने गर्छ । सामान्यत जुन १० को आसपासमा मनसुन सुरु हुने भएपनि यसपटक १० दिन ढिलो भएको हो ।मनसुन ढिलो शुरु हुँदा देशका धेरै ठाउँमा रोपाईं प्रभावित भएको छ । सिञ्चाई सुविधा नपुगेको ठाउँमा आकाशे पानीको भरमा मुख्य अन्नवाली धान रोप्नुपर्ने भएकाले मनसुन सुरु नहुँदा धेरै ठाउँमा रोपाईँ शुरु हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु