आज भोटो जात्रा

२०७१ असार ८ गते, आईतवार


काठमाडौ,८ असार।आज साझ रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिएको ऐतिहासिक भोटो जाउलाखेलमा देखाइँदैछ ।बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने लोककथन छ ।
उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं दर्शकका सामु देखाउने चलन छ । भोटो अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिसमेत उपस्थित हुनेछन् ।पानेजुहरूको जिम्मामा रहेको कपडाको थैलीमा सिलबन्दी गरी पानेजुहरूका जिम्मामा रहेको भोटो सबैका सामु सिल्ड हेरी जाँची मुचुल्कापछि सिल्ड तोडेर देखाइन्छ । थैलीबाट बाहिर झिकेर रथबाट चारै दिशामा ३र३ पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी पुनः सिल्ड बन्दी गर्नुपर्ने गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।
गत वर्ष पनि आफैंले भोटो देखाएको अनुभव सुनाउँदै उनले भने,’भोटो बनेको कपडा एकदमै उच्चस्तरको लागेको, कति वर्ष पुरानो भनेर अनुमान गर्न गाह्रो छ तर पनि त्यत्रो वर्ष पुरानो ऐतिहासिक भोटो कहीं नोक्सान र मकिएको देखिँदैन ।’
भोटोका बारेमा केन्द्रीय लगत तथा अभिलेख कार्यालय भद्रकालीमा रहेको विक्रम संवत् १९९७ को लगतमा मत्स्येन्द्रनाथको जात्रा सकिएपछि जाउलाखेलमा देखाउने भन्ने उल्लेख छ ।
भोटो देखाउने परम्परा सम्बन्धमा परम्परागत किंवदन्तीअनुसार भक्तपुरका कुनै ज्यापू वैद्यले कर्कोटक नागका पत्नीको दुखेको आँखा औषधि गरी निको पारिदिएकाले खुसीमा उपहार दिएको उक्त भोटो खेतमा फुकालेर राखेको बेलामा भुतले चोरेर लगेको थियो । भुतले त्यही भोटो लगाएर मानिसको वेशमा जाउलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आउँदा भोटोको मालिक ज्यापू वैद्य र मानिस वेशधारी भुतका बीचमा भोटोको विषयमा लिएर ‘तेरो र मेरो’ भनी विवाद परेको थियो ।
ज्यापू वैद्य र भुत दुवैले उक्त भोटो आफ्नै हो भनी यकिनका साथ सबुत दिन सकेनन् । त्यसैले जसले सप्रमाणसहित मेरो भनी दाबी गर्दछ उसलाई दिने र त्यसरी सप्रमाणसहित दाबी गर्न नसकेसम्म मत्स्येन्द्रनाथकै जिम्मा राखिएको थियो । प्रत्येक वर्ष जाउलाखेलमा मत्स्येन्द्रनाथको जात्रामा त्यो भोटो अहिलेसम्म सबुत छ भनी तत्कालीन राजाज्ञाअनुसार सबैलाई त्यो भोटोे देखाउने गरेको हो ।
भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाकासाथ बुंगमतीस्थित उनकै मन्दिरमा र मीननाथलाई रथमै नै राखेर तानेर चक्रबहिलमा पुर्‍याएपछि गत वैशाख १७ गते पुल्चोकमा रथारोहण गराई सुरु गराइएका मत्स्येन्द्रनाथको यात्रा समापन हुने कान्तिपुरमा खवर छ ।मत्स्येन्द्रनाथको मूर्तिलाई लगेपछि रथको टुप्पोबाट ‘धकिं बायम्वः’ खसाल्ने गरिन्छ । त्यसरी खसाल्दा बायम्वः घोप्टो परेमा रोपाइँका लागि यसपालि वषर राम्रो हुने र उत्तानो परेमा राम्रो वषर नहुने जनविश्वास रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु