अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइदै

२०७१ असार ९ गते, सोमबार


काठमाडौं, ९ असार। आज अन्तर्राष्ट्रिय एकल महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।‘एकल महिलाप्रति हुने यौन हिंसा अन्त्य गरौं’ नाराका साथ एकल महिला समूह लगायत एकल महिलाको क्षेत्रमा क्रियाशील संघसंस्थाले कार्यक्रम गर्दैछन् ।गरिबी, अशिक्षा, एचआइभी एड्स, द्वन्द्व र सामाजिक अन्यायका कारण पीडामा परेका विश्वभरका एकल महिला र उनीहरुका बालबालिकालाई सहयोग गर्नका लागि सचेतना जगाउन हरेक वर्ष जुन २३ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा एकल महिला समूहले काठमाडौमा एकल महिला सभासद्लाई सम्मान लगायत देशैभर विभिन्न कार्यक्रम गर्दैछ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न खाले पीडामा रहेका छन् । त्यसमध्ये ११ करोड ५० लाख भन्दा बढी एकल महिला गरीबीमा बाँच्न बाध्य छन् । ८ करोड भन्दा बढी महिला शारीरिक दुव्र्यवहार सहन बाध्य छन् ।
नेपालको जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको छ । एकल महिलाहरु ठूलो संख्यामा भएपनि अधिकारको सम्मान अझै पनि हुन नसकेकाले सकारात्मक विभेदमा सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको माग छ । पछिल्लो समय एकल महिलाहरु संगठित हुँदै गएको र आयआर्जनका काममा समावेश हुँदै गएका छन् ।
तर बेपत्ता परिवारका एकल महिलाको सम्पत्ति माथिको हक, उनीहरुमाथि हुने विभिन्न खाले हिंसा अन्त्य हुन नसकेको भन्दै एकल महिला समुहकी संस्थापक लिली थापाले यसप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु