नागढुंगा नौविसे सडक मर्मत असार १५ भित्रै

२०७१ असार ११ गते, बुधबार


काठमाडौ, ११ असार । सरकारले असार १५ भित्र नागढुंगा–नौबिसे सडक खण्डमा मर्मतको काम पूरा गरिसक्ने दावी गरेको छ ।दुई किलोमिटर क्षेत्रमा ढलान तथा मर्मतको काम लगभग अन्तिम चरणमा पुगेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार १५ सम्ममा काम पूरा हुने बताएको हो ।मन्त्रालयका सचिव तुलसी सिटौलाले २ किलोमिटर सडक मर्मत गर्ने काम संगै ३ किलोमिटर डाईभर्सन सडक बनाइएकाले वर्षा याममा सडककै कारण गाडीको आवातजावत प्रभावित नहुने बताए । डाइभर्सन सडकका कारण एक लेन थप भएकाले त्यस क्षेत्रमा गाडी सहज रुपमा आवतजावत गर्न र गाडी पार्किङ गर्न सकिने भएकाले जाम नहुने उनको दावी छ ।
नागढुंगा–नौबिसे सडकको २ किलोमिटर क्षेत्रमा पूरानो पिच उक्काउने र ढलान गरी पिच गर्ने काम दुई वर्षदेखि चलिरहेको छ । सरकारले यसअघि जेठ मसान्त भित्र सडक मर्मतको काम पूरै सक्ने दावी गरेको थियो ।तर मर्मतको जिम्मेवारी पाएका ठेकेदार, अनुगमनमा खटिने इन्जिनियरहरु सही ढंगले परिचालन गर्न नसकेको तथा क्रसर व्यवसायीको हड्तालका कारण ढिलाई भएको मन्त्रालयका सचिव सिटौलाले बताए ।मर्मतको काम सकेपछि सडककै कारण जाम नहुने तर पुराना, थोत्रा र धेरै भार बोकेका गाडीका कारण हुने जाम रोक्न आवश्यक पहल गरिने उनको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु