लागुपदार्थ ओसार पसारविरुद्धको दिवस मनाइँदै

२०७१ असार १२ गते, बिहीबार


काठमाडौ, १२ असार । आज लागु पदार्थ ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।लागु पदार्थ प्रयोगले मान्छेको शारीर, दिमाग र सामाजिक प्रतिष्ठामा समेत असर पर्छ । तर भारतसँगको खुल्ला सीमा र युवा बेरोजगारीले नेपालमा लागुपदार्थको दुरुपयोग र कारोबार घट्न सकिरहेको छैन । लागु पदार्थको कुल कारोबारमध्ये अहिलेसम्म जम्मा १२ प्रतिशतलाई मात्र प्रहरीले पक्रन सकेको छ ।
विश्वभरि १४ करोड लागुऔषध प्रयोगकर्ता रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङक छ । विश्वमा हरेक वर्ष लागुऔषधको दुरुपयोगबाट २ लाख ५३ हजार मानिस मर्छन् ।
यसैबीच,पोखरामा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ । जिल्ला प्रशासन कार्यलय कास्कीको संयोजकत्वमा गठित समितिमा,जिल्ला एड्स समन्वय समिति, रिकभरिङ नेपाल,पश्चिम क्षेत्र एचआई एडस् संचाल,एड्स कन्ट्रोल एसोशियशन सदस्य रहेका छन् ।
पोखरामा ५ हजार १ सय १२ जना लागुपदार्थ प्रयोग कर्ता रहेको २०६४को तथ्याङले देखाएको छ भने अहिले यो सख्या बढेको लागुपदार्थ सेवन विरुद्ध काम गर्ने संघसस्थाले बताउदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु