दर्जनौ पत्रकार पक्राउ

२०७१ असार १७ गते, मंगलवार

काठमाडौँ , १७ असार ।समानुपातिक विज्ञापनबापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा आज सिंहदरबारमा धर्ना दिएका छन् । धर्नामा सहभागी झण्डै ४० जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । स्थित सूचना तथा सञ्चार मन्त्रालयमा एक घण्टा धर्ना दिएका छन् ।चालु आर्थिक वर्षमा आफूहरुको मागका आधारमा २५ प्रतिशत वृद्धि गरिएको सो रकम आर्थिक वर्षको अन्त्यसम्ममा पनि प्राप्त नभएको भन्दै धर्ना दिइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु