नेपाली सेनालाई ‘एक्रोब्रिज’ सहयोग
काठमाडौं, १८ असार । अमेरिकी सरकारले नेपाली सेनालाई चारओटा ‘एक्रोब्रिज’ सहयोग स्वरुप उपलब्ध गराएको छ । आज थानकोटस्थित बृजिङ महाशाखामा अमेरिकी राजदूत पिटर डब्लु बोडेले प्रधान सेनापति गौरव शमशेर जबरालाई उक्त ब्रिज हस्तान्तरण गरे ।३० टन देखि १ सय २० टनसम्म भारवहन क्षमता भएका ब्रिजहरुको लम्बाई करिब ७६ मिटर रहेको छ ।
प्राकृतिक विपद्का कारण काठमाडौं आउने प्रमुख राजमार्गहरु अवरुद्ध भएमा आवागमनलाई सुचालु गरी राजधानीको आपूर्ति तथा आवागमनलाई नियमित गर्न यी ब्रिजहरु पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग लगायतका विभिन्न स्थानहरुमा तयारी हालतमा राखिने सेनाले जनाएको छ ।