प्रहरीबाटै सार्वजनिक जग्गा अतिक्रमण भएको खुलासा, ‘सर्वोच्चका न्यायाधीशको समेत संलग्नता’

२०७१ असार १८ गते, बुधबार

काठमाडौं, १८असार । काठमाडौंको गोंगबु गाविस वडा नम्बर ८ महादेवटारमा रहेको झन्डै २१ रोपनी सार्वजनिक जग्गा मिचेर केही व्यक्तिहरुले कम्पाउण्ड पर्खाल लगाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।गोंगबु महादेवटारका बासिन्दाले आज राजधानीमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका न्यायाधीश गोपालप्रसाद पराजुलीसँगको मिलेमतोमा उक्त जग्गा मिच्ने र व्यक्तिको नाममा सार्ने काम भइरहेको आरोप लगाए ।उनीहरुका अनुसार न्यायाधीश पराजुलीको साथ पाएका टंकनाथ पौडेलले कित्ता नम्बर २६४ को करोड बढी पर्ने सडकसँगै जोडिएको सात आना जग्गामा कम्पाण्ड पर्खाल लगाएका छन् ।आफूहरुले सार्वजनिक जग्गामा लगाइएको पर्खाल भत्काएकोमा नेपाल प्रहरीका सहायक निरीक्षक रहेका पौडेलले प्रहरी तैनाथ गरी रातारात फेरि पर्खाल लगाएको पनि स्थानीय बासिन्दाले बताएका छन् ।
सार्वजनिक जग्गालाई पर्खालले घेर्ने र पर्खाल लगाइसकेपछि मालपोत र नापी कार्यालयका कर्मचारी लगेर हालसाविक गरेर व्यक्तिको नाममा जग्गा दर्ता गर्ने योजनामा पौडेलसहितको गिरोह लागेको पनि उनीहरुले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु