भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिदै

२०७१ असार २० गते, शुक्रबार

काठमाडौ , २० असार । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीसंगै अतिक्रमण बढ्दै गएपछि नवलपरासीस्थित सुस्तावासी भुमि संरक्षणको गुहार माग्दै विरोध प्रदर्शनमा उत्रिने भएका छन् ।
भुमि संरक्षणको माग गर्दै एसएसविको ज्यादती विरुद्ध उनीहरुले आज सदरमुकाम परासीमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र पठाउने तयारी गरेका छन् ।
सञ्चारको सहज पहुँचबाट समेत बञ्चित रहेका सुस्तावासीहरुलाई पछिल्लो पटक हिजो साँझ कुटपिट गर्दै खेती लगाएको स्थानलाई समेत अतिक्रमण गर्न थालेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले गएराती नै परासीका पत्रकार हरि शर्मालाई फोन गरेर ज्यादति विरुद्ध विरोध प्रदर्शनमा उत्रिन एकसय भन्दा बढी सुस्तावासीहरु शुक्रबार सदरमुकाममा जाने तयारी गरेको जानकारी दिनुभएको हो ।
भुमि संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरलाई समेत गुहार नै भन्दै त्यसका लागि सञ्चारकर्मीलाई सहयोग गर्न उहाले आग्रह गर्नुभयो । २० दिन अघि खनजोत गर्नमा अवरोध पुर्याउदै खेतिपाती गर्न नदिएको एसएसवि फोर्सले पछिल्लो पटक थारुटोलाको ३ सय मिटर नजिक आएर सुस्तावासीहरुले लगाएको खेतिपातीमा अवरोध गर्न थालेका हुन ।
नेपाली भुभागमै प्रवेश गरेर ज्यादती गर्न थालेपछि वाध्य भएर भुमि वचाउन आन्दोलनको विकल्प नरहेको भन्दै विरोध प्रदर्शन गर्नु परेको सुस्तावासीको भनाई छ । भारतियले तिन दिनको अवधिमा ५० विगाहामा लगाईएको खेतिपातीलाई अतिक्रमणको प्रयास गर्दै स्थानीयलाई सो क्षेत्रबाट कुटपिट गर्दै धपाउन थालेको सुस्तावासीहरुको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु