काठमाडौमा जुम्लाको तिते फापर र मनाङको उवा

२०७१ असार २० गते, शुक्रबार

काठमाडौ, २० असार । नेपाल खाद्य संस्थानले काठमाडौ ल्याएको जुम्लाको तिते फापर र मनाङको उवाको बिक्री सुरु गरेको छ ।कर्णाली र हिमाली जिल्लाको उत्पादनलाई बजार दिने उद्देश्यले काठमाडौ ल्याइएको तिते फापर र उवा थापाथलीमा रहेको केन्द्र मार्फत विक्री वितरण सुरु गरेको खाद्य संस्थानका बिक्री वितरण विभागका प्रमुख श्रीमणि खनालले बताए ।
जुम्लाको तिते फापरको भाउ किलोको १ सय १० रुपैयाँ तोकिएको छ भने मनाङको उवाको भाउ किलोको ९० रुपैयाँ छ । दुवैमा चार पाँच प्रतिशत मात्रै नाफा राखिएको उनले बताए ।तर तिते फापर र उवा निकै थारै परिमाणमा ल्याएकोले छिट्टै सकिने उनले बताए । तिते फापर ५ क्वीन्टल र उवा १० क्विन्टल मात्रै ल्याइएको छ । यसअघि ल्याएको १० क्वीन्टल जुम्लाको सिमी एक हप्तामै सकिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु