नेपाल–भारत सुरक्षा बैठक भोलीदेखी

२०७१ असार २१ गते, शनिबार


काठमाडौं, २१ असार। सुरक्षासम्बन्धी नेपाल¬–भारत द्विपक्षीय परामर्श समूहको बैठक भोलिदेखि काठमाडौमा हुने भएको छ । बैठकमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर राजधानी आइसक्नुभएको यहाँस्थित भारतीय राजदूतावासका प्रवक्ता अभयकुमारले बताए ।बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नुहुनेछ । बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचारविमर्श हुनेछ ।परामर्श समूहको बैठक बर्सेनि नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ । दुई दिने उक्त बैठकमा दुवै मुलुकका परराष्ट्र, कानुन, रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु