विजुलीको महसुल नतिर्नेको तीन पुस्ते सार्वजनिक
काठमाडौ, २२ असार । नेपाल विद्युत प्राधिकरणले विजुलीको महसुल नबुझाउनेको ३ पुस्ते विवरण सार्वजनिक गर्न थालेको छ ।गएको बैशाखसम्म महसुल बुझाउन सार्वजनिक सुचना मार्फत आह्वान गर्दापनि नबुझाउने ग्राहकको नाम सार्वजनिक गर्न थालिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पहिलो पल्ट पोखरा क्षेत्रीय कार्यालय अन्तर्गत विभिन्न वितरण केन्द्रमा विद्यूत महसुलको बाँकी बक्यौता नबुझाउनेको तीनपुस्ते नाम सार्वजनिक गरेको छ ।उनीहरुको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा नापी कार्यालय मालपोत कार्यालय तथा स्थानीय निकायमा पठाइने र विद्युत महसुल चुक्ता नगरी त्यस्ता कार्यालयबाट सेवा लिन नपाउने ब्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।