बार एसोसिएसनको निर्वाचन आज हुँदै

२०७१ असार २८ गते, शनिबार


काठमाडौ, २८ असार । सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचन आज हुँदैछ । आज हुने निर्वाचनमा प्रजातान्त्रिक गठबन्धन र प्रगतिशील गठबन्धन प्रतिस्पर्धामा उत्रिने भएका छन् । प्रजातान्त्रिक गठबन्धनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध समूह तथा प्रगतिशील गठबन्धनमा नेकपा एमाले, माओवादी दुवै समूह र मधेसवादी दलसँग आबद्ध समूह सहभागी छन् ।
प्रजातान्त्रिक गठबन्धनबाट अध्यक्षमा नरहरि आचार्य, उपाध्यक्षमा राजु बस्नेत, सचिवमा विमलप्रसाद ढकाल, कोषाध्यक्षमा ज्योति लम्साल पौडेल र सदस्यहरूमा साहना श्रेष्ठ, अरुण भट्टराई, नारायणप्रसाद भट्टराई, रामकृष्ण भण्डारी, गणेशबहादुर खत्री, विनोदकुमार कार्की, नेत्रप्रसाद आचार्य, सरोजकृष्ण घिमिरे र समिर शर्मा प्रतिस्पर्धीमा छन् ।
यसैगरी प्रगतिशील गठबन्धनबाट अध्यक्षमा चण्डेश्वर श्रेष्ठ, उपाध्यक्षमा कामाख्यालाल कर्ण, सचिवमा बालकृष्ण ढकाल, कोषाध्यक्षमा भीमसेन बन्जारा तथा सदस्यमा श्रीप्रसाद पण्डित, सुवास पौडेल, धिर्जराज पोखरेल, इन्द्रबहादुर लामा, पुण्यप्रसाद खतिवडा, यादवप्रसाद ढुङ्गाना, ज्ञानेन्द्रबहादुर कुँवर, पुन्देवी महर्जन(सुजाना) र नानीबाबु दाहाल प्रतिस्पर्धी बन्नुभएको छ । सर्वोच्च बारको निर्वाचनमा ५४० मतदाता सहभागि हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु