काठमाडौंको प्रहरी प्रमुखबाट रमेश खरेल हटाइए
काठमाडौँ ,२९ असार । प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट एसएसपी रमेश खरेललाई सरुवा गरेको छlखरेलको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका उत्तम कार्कीलाई ल्याएको छ।डिआइजी बढुवाको प्रकृयामा ब्रिफकेसको चलखेल काण्डमा विवादमा तानिएका खरेल विदामा बसेका थिए।उनको विदाको समय सकिए लगत्तै प्रहरी प्रधान कार्यालयले आइतवार उनको सरुवा गरेहो हो।खरेललाई हेडक्वाटरको कार्यविभागमा लगिएको छ।
उनी असार २० गतेसम्म विदामा बसेका थिए। उनी विवादमा तानिएसँगै हेडक्टरले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेपछि उनको सरुवाको प्रयास भएको थियो।उप–निर्वाचनको कारण निर्वाचन आयोगले सहमती नदिएपछि गृह र हेडक्वाटरको प्रयास अससफल भएको थियो।