सार्क सम्मेलनको लागि सफाइ तथा मर्मतलाई तीव्रता दिने तयारी

२०७१ असार ३१ गते, मंगलवार


काठमाडौँ , ३१ असार। नेपालमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि सम्मेलन आसपासका क्षेत्र र प्रमुख सडकको सफाइ तथा मर्मत कार्यलाई तीव्रता दिने तयारी गरिएको छ । आगामी कात्तिकमा काठमाडौँमा हुने शिखर सम्मेलनका लागि सम्मेलन आसपासको क्षेत्रको सजावट गर्ने जिम्मा सरकारले काठमाडौँ महानगरपालिकालाई दिएको छ । सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा सम्मेलनका लागि रु ६८ करोड ७० लाखको बजेट विनियोजन गरेपछि काठमाडौँ महानगरपालिकाले निर्माणका कामलाई तीव्रता दिने तयारी गरेको बताएको हो ।
महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रबिनमान श्रेष्ठले सार्क सम्मेलनलाई लक्षित गरेर सम्मेलनआसपासका क्षेत्रको मर्मत तथा व्यवस्थापन गर्ने योजना सरकारबाट पास भइसकेको बताउँदै उनले भने,‘सरकारले योजनाअनुसारको बजेट विनियोजन गरेकाले जतिसक्यो चाँडो कामलाई तीव्रता दिने तयारीमा छौँ ।’उनका अनुसार सम्मेलनलाई लक्षित गरेर खुल्लामञ्च, शान्तिवाटिका, रत्नपार्क, सभागृह, रानीपोखरीलगायतका क्षेत्रको व्यवस्थापन गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु