मिडिया क्लवहरुद्वारा आपत्ति

२०७१ श्रावण १५ गते, बिहीबार


काठमाडौं, १५ साउन । सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक बर्ष २०७०÷७१ को अनुदान रकम अन्ययपूर्ण, भेदभाव र पक्षपातपूर्ण ढंगले संञ्चार संस्थालाई वितरण गरेको भन्दै घोर आपत्ति प्रकट गरेका छन् ।
विहीबार काठमाडौमा क्रियाशिल मिडिया क्लवहरुको संंयुक्त बैठकले सो निर्णय गरेको हो । संचारमन्त्री मिनेन्द्र रिजालको तोकादेशमा सो रकम पक्षपातपूर्ण ढंगबाट रकम वितरण गरेको भन्दै ति मिडिया क्लबहरुले आपत्ति जनाएका छन् ।
बैठकमा संवाद डबली, मिडिया इन्टरनेश्नल, संवाल क्वलम नेपाल, जनसंचार अभियान, बोष्टर मिडिया क्लबको सहभागीता थियो । बैठकले मिडिया क्वलका समस्या समाधानको लागि संयुक्त र संस्थागत रुपमा पहल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु