सप्तकोसी ब्यारेजको सबै ढोका खोलिदै

२०७१ श्रावण १७ गते, शनिबार

काठमाडौ, १७ साउन । गृह मन्त्रालयले थुनिएको सुनकोसी नदी एकैचोटी खुल्दा सुनसरी-सप्तरी सीमाको महेन्द्र राजमार्गमा रहेको सप्तकोसी ब्यारेजलाई क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजको सबै ढोका खोल्न निर्देशन दिएको छ । उक्त ब्यारेज भारतीय पक्षको नियन्त्रणमा सञ्चालन हुँदै आएको छ ।
गृह मन्त्रालय विपद् व्यवास्थपन महाशाखाका प्रमुख सह सचिव यादव कोइरालाले सम्भावित खतरालाई हेर्दै सप्तकोसीको बाँध(ब्यारेज) खोल्न भनिएको बताए । उनले प्राप्त पछिल्लो सूचना अनुसार सुनकोसीमा पहिरोले निर्माण भएको अस्थायी बाँध माथिसम्म पानी पुग्न अब ५र६ मिटर मात्र बाँकी रहेको छ ।करिब २ सय मिटर चौडाई र दुई सय मिटर उचाईको पहिरोले खोला थुनिएको उनले । उनले कम क्षतिम नियन्त्रित तरिकाबाट पानीको बहाब गराउन सेनाको हेलिकप्टरमा सेना, सडक, सिंचाई, जलविद्युतका प्राविधिक सहित मोट्रोलोजिस्ट र जियोलोजिस्टको टोली घट्नास्थलमा पुगेको बताए ।
गृहमन्त्री बामदेव गौतमको अध्यक्षतमा बसेको बैठकले घट्नास्थललाई संकटग्रस्त क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । साथै तल्लो तटिय क्षेत्रमा प्रभावित हुने क्षेत्रको विवरण सम्बन्धित जिल्लाहरुबाट माग गरिएको बताएका छन् ।स्थानीय प्रशासनले कोशी नदिमा आज बिहानदेखि डुंगा चलाउन रोक लगाएको छ । सप्तरी संवाददाता जितेन्द्र खडगाका अनुसार भारतीय नियन्त्रणमा रहेको कोेसी ब्यारेजको ५४ मध्ये १८ वटा ढोका खाेलिएको छ । ब्यारेज कर्मचारीले दुई तिरको नहरलाई बन्द गरिएको र थप ढोका खोल्न थालिएको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु