चम्ल्याहा बच्चा जन्मिए

२०७१ श्रावण २० गते, मंगलवार

काठमाडौ । रौटहटको पोठियाही गाविस बस्ने एक महिलाले एकैपटक चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । स्थानीय पोठियाही गाविस-८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ ।
नवजात शिशुको तौल ५०० देखि ७०० ग्राम रहेको छ । शिशुको अवस्था चिन्ताजनक रहेकाले सो अस्पतालमा राखेर बच्चाको स्याहार भइरहेको बच्चाका पिता राजेश यादवले बताए । उनले आर्थिक अवस्था कमजोर भएका कारण कसरी लालनपालन गर्ने भनी समस्या भएको बताए ।
उता ती बच्चाको विशेष उपचारमा संलग्न चिकित्सकहरुले सामान्यतया नवजात शिशुको तौल दुई किलोग्राम हुनुपर्नेमा ती बच्चाको तौल कम भएकाले समस्या देखिएको बताएका छन् । रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु