कैदीबीच भिडन्त, सातजना घाइते

२०७१ श्रावण २१ गते, बुधबार

काठमाडौं, २१ साउन । पर्वत कारागारमा कैदीबन्दीहरुबीच भएको भडपमा सात जना घाइेत भएका छन् । घाईतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेको छ । अन्य ५ जना सामान्य घाईते भएका छन् । घाईते हुनेमा पर्वतको टकलाकका अमृत न्यौपाने, रत्नराज न्यौपाने, लेखफाँट पर्वतका बिक्रम सुबेदी, कास्कीका आनन्द केसी र प्रेम तामाङ, लेखनाथ कास्कीका लिलाबहादुर खोर्जा र तनहुँका रामबहादुर पाईजा रहेका छन् ।घाईतेमध्ये लिलाबहादुर खोर्जा र आनन्द केसीलाई थप उपचारका लागी पोखरा लगिएको छ । अन्य सामान्य घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाईतेहरुको टाउको, नाक र कानमा चोट लागेको प्रहरीले जनाएको छ ।आपसी विवादका कारण कैदीहरुबीच कारागारमा मंगलबार साँझ ८ बजेतिर हानाहान भएको हो ।जिल्ला कारागार पर्वतमा हाल ७४ पुरुष र ७ महिला बन्दीहरु छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु