चरी’ हत्याको विरोधमा ठाउ ठाउमा बन्द
काठमाडौ, २३ साउन । यातायात ब्यवसायी संघको आपसी बिवादका कारण कोशी अञ्चलमा आज यातायात चलेका छैनन् । मेची, संयुक्त तथा उज्यालो यातायात ब्यवसायी संघको बिवाद मिल्न नसक्दा मेची र कोशी अञ्चलमा यातायातका साधन चल्न नसकेका हुन् ।
छुट्टै संघ दर्ता गरि उज्यालो यातायातले सेवा सञ्चालनमा ल्याएपछि सिण्डिकेटमा लागेका अरु संघ त्यसविरुद्ध उत्रिएका हन् । बन्दका कारण कोशी राजमार्गमा यातायातका कुनै साधन चल्न सकेका छैनन् ।
यता, गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी ‘चरी’को हत्याको विरोधमा एमाले धादिङ क्षेत्र नं १ ले धादिङ बन्दको आह्वान गरेको छ । बन्दका कारण यातायातका साधन चल्न सकेको छैन भने जनजीवन पनि प्रभावित भएको छ ।