जताततै भ्रस्टहरुको बिगबिगी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सिताराम पोखरेलसहित छ जनालाई पक्राउ गरेको छ । काठमाडौँको सरस्वती गाविस ६ को ४ रोपनी ४ आना गुठीको जग्गालाई रैकरमा परिणत गरी व्यक्तिको नाममा दर्ता गर्ने गरेको आरोपमा गुठी संस्थान शाखा कार्यालय त्रिपुरेश्वरका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ सहायक कृष्णहरि भट्टर्राई पनि पक्राउ परेका छन् । गलत विवरणको निवेदन दिने कविन्द्र महर्जन, रविन्द्र महर्जन र सुरेन्द्रराज जोशी पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ । सापकोटा र भट्टर्राईले गुठी संस्थान शाखा कार्यालय त्रिपुरेश्वरबाट झूठा विवरणको पत्राचार गरेका थिए भने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत पोखरेलले दर्ता निर्ण्रागरेका थिए । तारेखमा राखी अनुसन्धान गर्दा प्रमाण नास गर्नसक्ने देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा -१) बमोजिम हिरासतमा लिई थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ । मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा गणेशबहादुर भट्टर्राई भने फरार छन् ।
यसैगरी, सहरी विकास तथा भवन निर्माण डिभिजन काठमाडौंका कर्मचारीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शौचालय बनाउने निर्माण व्यवसायीसँग नै घूस लिएको खुलासा भएको छ । एक साताअघि रंगेशात पक्राउ परेका तीन कर्मचारीले निर्माणको म्याद थप गर्ने क्रममा ५० हजार रुपैयाँ घूस मागेको भेटिएको हो । उनीहरुले उपराष्ट्रपतिको निवासको छतमा कोठा थप्ने काम पनि गरिरहेका थिए ।’ समयमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद थप गर्ने क्रममा ती कर्मचारीले व्यवसायीसँग घूस मागेको पुष्टि भयो,’ अख्तियार स्रोतले भन्यो । घटनामा प्रमुख लेखा नियन्त्रक सुरेशकृष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमिल्सिना र अधिकृत रोशनकुमार कठायत पक्राउ परेका थिए । शर्मा र तिमिल्सिना ४० हजार तथा कठायत १० हजार रुपैयाँसहित रंगेहातमा परेका हुन् । लेखा अधिकृत तिमिल्सिनाले शर्मालाई ४० हजार रुपैयाँ ‘पास’ गरेका थिए । उपत्यकाका सरकारी भवनहरुको मर्मत तथा सम्भारको काम भवन निर्माण तथा सम्भार डिभिजनको हो । समयमा निर्माण सम्पन्न नगर्ने व्यवसायीहरुलाई कानूनअनुसार कालोसूचीमा राख्नुपर्ने नियम रहेकोमा कर्मचारीहरुले घूस लिएर म्याद थपको तयारी गरेका हुन् । ठेक्का सम्झौतामा हर्स्ताक्षर गर्ने कार्यालय प्रमुखले म्याद थपको निर्ण्र्ाागर्छ । यसैगरी, महाँकालको जगन्नाथ तथा लोकेश्वर मन्दिरको निर्माणपछि रकम भुक्तानीका क्रममा निर्माण व्यवसायीसँग घूस मागेका विशेष भौतिक तथा पर्ूवाधार क्षेत्र विकास आयोजनाका दर्ुइ इञ्जिनियरविरुद्ध पनि मुद्दा दायर भएको छ । इन्जिनियर दिपा श्रेष्ठ र आयोजना प्रमुख कोमलानन्द अधिकारीविरुद्ध अख्तियारले ८० हजार रुपैयाँ बिगो मागदावीसहित मुद्दा दायर गरेको हो ।