नायक श्रेष्ठको पार्थिव शरीर काठमाडौं ल्याइदै

२०७१ श्रावण २६ गते, सोमबार


काठमाडौं , २६ साउन।भारतको नयाँदिल्लीमा निधन भएका नेपाली सिनेमाका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर आज काठमाडौं ल्याइदैछ । उनको पार्थिव शरीर करीब २ बजे काठमाडौं ल्याइने जनाइएको छ । श्रेष्ठको पार्थिव शरीरलाई नेपाल ल्याएपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राखिने चलचित्र विकास वोर्डले जनाएको छ । त्यसअघि विमानस्थलदेखि बानेश्वर, सिंहदरवार हुँदै कमलादीस्थित प्रज्ञा भवनसम्म शव यात्रा गरिने छ ।
सरकारी सम्मानका साथ श्रेष्ठको अन्त्येष्टी गरिने पनि विकास बोर्डले जनाएको छ । नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा श्रेष्ठको शनिवार राति निधन भएको हो । गत असार २३ मा नायिका श्वेता खड्कासंग विवाह बन्धनमा बाँधिएलगत्तै हनीमुनका लागि भन्दै भारततर्पm गएका श्रेष्ठको निमोनिया बल्झिएपछि उपचारका लागि एपोलो अस्पतालमा भर्ना भएका थिए ।
२०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले नाता फिल्मबाट पूर्ण नायकको भूमिका निर्वाह गर्न थालेका थिए । श्रेष्ठले अभिनय गरेका ‘आफन्त’ ‘आप्mनो मान्छे’ ‘हामी तीनभाई’ ‘दुखसुख’ ‘कहाँ भेटिएला’ कोहिनूरलगायत दर्जनौं चर्चित फिल्म छन् ।
केही समययता फिल्म समेत बनाउन थालेका ४७ बर्षिय श्रेष्ठद्वारा निर्मित तथा अभिनित पछिल्लो चलचित्र कोहिनूर हो । जुन गएको शुक्रवारदेखि देशभर प्रदर्शन भईरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु