बस दुर्घटनाहुदा १५ घाइते
काठमाडौं , २६ साउन। काठमाडौबाट रसुवाको स्याफ्रुबेसी जादै गरेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।बा २ ख ६३७८ नम्बरको बस पासाङ ल्हामुमार्गको बेलकोटको तिगाउँमा मंगलबार विहान सडकबाट खसेर दुर्घटना भएको हो ।घाइतेहरुमा तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको जिल्ला अस्पताल त्रिशूली र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।