अफ्रिकीलाई नेपाल आउन रोक

२०७१ श्रावण ३१ गते, शनिबार

काठमाडौं, ३१ साउन।अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरस नेपाल भित्रिन नदिन सरकारले ती देशका नागरिकलाई नेपाल यात्रामा रोक लगाउने भएको छ ।सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउने अफ्रिकीलाई भिसा नदिने निर्णय गरेको हो । त्यसैगरी पाकिस्तान र अफगानिस्तानबाट आउने पर्यटकका लागि केही समयका लागि भिसा स्थगित गरिएको छ ।
व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा बिशेष समयमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले यो जानकारी दिएका हुन् । विश्व स्वास्थ्य संगठनले इवोला भाइरस विश्वभर फैलने खतरा औल्याएको आधारमा नेपालले अफ्रिकी मुलुकबाट आउने पर्यटकका लागि भिसा निषेध गर्नुपरेको मन्त्री अधिकारीले बताए । छिमेकी राष्ट्र र नेपालमा इबोला भाइरस संक्रमण नभित्रिएको र भित्रने जोखिन पनि नरहेको उनले जानकारी दिए ।
इबोला गम्भिर प्रकृतिको रोग भएको जानकारी दिँदै मन्त्री अधिकारीले झाडापखला,र्यालको माध्ययबाट रगत बाहिर आउँदा सर्ने बताए । चार वर्षअघि अफ्रिकी मुलुक गिनी,लाइबेरियानाइजेरियाबाट फैलिएको यो रोगबाट हालसम्म एक हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु