चिया किसान र व्यावसायीहरु आन्दोलनमा

२०७१ भाद्र ४ गते, बुधबार


काठमाडौं, ४ भदौ । तयारी चियामा प्रतिकिलो दुई रुपैयाँका दरले निकासी कर लगाएपछि चिया किसान र व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।इलाम जिल्ला विकास समितिले कर फिर्ता नलिए चियाको मूल्य नै बढाउने चेतावनी चिया कारखाना सञ्चालकले दिएका छन् । चिया किसान तथा सरोकारवालासँग छलफल नै नगरी जिविसले एकतर्फी रुपमा करको दर बढाएको भन्दै चिया कारखाना सञ्चालक पनि आन्दोलित भएका हुन् ।
बढाएको करको भार पनि किसानलाई नै पर्ने भएकाले आन्दोलन गर्नुपरेको फिक्कलका किसान देवकुमार दाहालले बताए । यसअघि जिविसले तयारी चियामा प्रतिकिलो एक रुपैयाँ मात्र कर लिने गरेको थियो ।
दश वर्षसम्म कर नबढाइएकाले चालु आर्थिक बर्षदेखि करमा वृद्धि गरेको जिविसले जनाएको छ । हिमालयन अर्थाेडक्स टी प्रोड्यूसर्स एशोसिएसनले भने हरियो चिया पत्तिको मूल्य घटेको र तयारी चिया बिक्री हुन नसकेको भन्दै थप कर तिर्न नसक्ने जनाएको छ ।
जिल्लामा साना ठूला २९ वटा चिया कारखानाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन् । इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम मात्रै नभई पश्चिम तर्फका जिल्लाहरुमा समेत विस्तार हुन थालेको चियाले देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको दावी चिया उद्योगीहरुको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु