इबोला प्रभावित लाइबेरियाबाट १ सय ३१ सशस्त्र प्रहरी फर्कदै
काठमाडौ, ३० असोज । इबोला प्रभावित मुलुक लाइबेरियाबाट १ सय ३१ सशस्त्र प्रहरी बल आज नेपाल आउने भएका छन् । लाइबेरियामा ६ महिना बसेर काम गरेका उनीहरु राजधानी आउने भएपछि उनीहरुलाई चिकित्सकको निगरानीमा राखिने भएको छ । राजधानीको ककनीमा रहेको तालिम केन्द्रमा तीन सातासम्म चिकित्सको निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । तर उनीहरु लाइबेरियामा नै नियमित स्वास्थ्य जाँचमा रहेकाले इबोला संक्रमणको खतरा नभएको जनाइएका छ ।
इबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिने चिकित्सकहरु बताउछन् । इबोला संक्रमण देखिएपछि रोग प्रभावित मुलुकबाट ५० भित्रिसकेका छन् भने प्रभावित मुलुकवाट करिव पाँच सय प्रहरी पनि नेपाल फर्कने तयारीमा छन् ।