आज विश्व पशुपंक्षी दिवस

२०७१ आश्विन ३१ गते, शुक्रबार


काठमाडौं, ३१ असोज ।हाम्रो लागि पशु, पशुका लागि हामी भन्ने नाराका साथ आज विश्व पशुपंक्षी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । पशु र मानवको सम्बन्धलाई प्रगाढ बनाउन, पशुप्रति मानवको व्यवहारमा सुधार ल्याउन यो दिवस मनाउन थालिएको हो । पशुपंक्षीमाथि अमानवीय क्रियाकलाप भैरहेकाले सचेतना जगाउने उद्देश्यले नेपालमा ७ वर्षदेखि पशुपंक्षी दिवस मनाउन थालिएको छ । आज विहानैदेखि पशुपंक्षीलाई राम्रो व्यवहार गरौं लेखिएका व्यानर र पोष्टर सहित प्रभातफेरी भएको छ । लगातार भैरहेका चेतनामूलक कार्यक्रमले पशुपंक्षलाई गर्ने दुव्र्यवहारमा कमी आएपनि पर्याप्त नभएको विज्ञले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु