अदालतको फैसला कार्यान्वयन गराउन अभियान सुरु

२०७१ कार्तिक २ गते, आईतवार


काठमाडौं, २ कार्तिक ।सर्वोच्च अदालतले अदालतको फैसला अटेर गर्नेहरुलाई कारबाही गर्न आइतबार विशेष अभियान चलाएको छ । अदालतबाट दण्ड जरिवाना र कैद भुक्तानीको फैसला सुनाइएका तर अटेर गरेकाहरुलाई विशेष अभियान अन्तर्गत पक्राउ गरिने सर्वोच्चले जनाएको छ ।
वर्षौंदेखि अटेर गर्ने क्रम बढेकाले अदालतको फैसला कार्यान्व्यन गराउन विशेष अभियान नै चलाउनु परेको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले बताए । यो अभियान लगत धेरै भएका १६ जिल्लामा लागु भएको उनले जानकारी दिए । काठमाडौं उपत्यकासहित तराईका १३ जिल्लामा यो अभियान सुरु भएको छ ।अदालतको फैसला कार्यान्वयन गराउन अभियानमा अदालतका कर्मचारी र प्रहरीको विशेष टोली खटिएका सहप्रवक्ता दाहालले बताए । उनका अनुसार अदालतबाट विभिन्न जिल्लामा असुल गर्न बाँकी ८ अर्ब रकममध्ये यी १६ जिल्लामा मात्र झण्डै ७ अर्ब रुपैयाँ छ । विशेष अभियान शनिबारदेखि सुरु गर्ने निर्णय भएपनि सार्वजनिक विदा परेकाले आइतबारदेखि लागु गरिएको उनले जानकारी दिए । फैसला कार्यान्वयन विशेष अभियान निर्देशिका २०७१ अनुसार सर्वोच्च अदालतले यो अभियान सुरु गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु