भक्तपुर पूर्ण सरसफाइयुक्त जिल्ला बन्दै

२०७१ कार्तिक ९ गते, आईतवार

भक्तपुर, ९ कात्तिक । भक्तपुरलाई अब पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान सुरु भएको छ । भक्तपुरका १६ गाविस र २ नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि सरसफाइको क्षेत्रमा उल्लेख्य काम गरेको ताथली गाविसबाट पूर्ण सरसफाई जिल्ला घोषणाको अभियान सुरु गरेको डिभिजन खानेपानी कार्यालय भक्तपुरका प्रमुख आशिष घिमिरेले बताए ।
शौचालय अनिवार्य बनाई प्रयोग गर्ने, साबुन पानीले हात धुने, सुरक्षित खाना, सुरक्षित पानी, सफा घर आँगन र वातावरणीय सफाइ पुरा गरेका घरमा पूर्ण सफाइको संकेत पत्र टाँसिने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु