आज हरिबोधिनी एकादशी

२०७१ कार्तिक १७ गते, सोमबार


काठमाडौं ।आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ ।
नारायण सयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाई हरिवोधिनी एकादशी भनिन्छ । दुवै एकादशीलाई ठूला एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् ।
सोमबार काठमाडौं उपत्यकाका इचंगुनारायण, विशंखुनारायण, शेष नारायण र चाँगु नारायणमा विशेष मेला लागिरहेको छ । यी प्रसिद्ध चार नारायणमा कात्तिक शुक्ल पूर्णिमासम्म नै विशेष पूजा आराधना हुने गर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु