ठगी गर्ने म्यानपावरको कारोबार रोक्का हुने

२०७१ कार्तिक ३० गते, आईतवार

काठमडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारले म्यानपावर एजेन्सीविरुद्द ठगीको उजुरी पर्नेवित्तिकै फरफारकको प्रयास नगरे म्यानपावरको कारोवार रोक्का गर्ने भएको छ । पीडित कामदारलाई द्रुत गतिमा न्याय दिलाउन विभागले यस्तो कदम चाल्न लागेको हो ।
विभागका महानिर्देशक विश्वनाथ ढकालका अनुसार एकातिर म्यानपावर एजेन्सीविरुद्द ठगीको उजुरी पर्ने र त्यही म्यानपावरले सहज ढंगले कामदारको पूर्व तथा अन्तिम श्रम स्वीकृति लिइरहेका छन् । ‘उजुरी पर्नेवित्तिकै म्यानपावर व्यवसायले फरफारक गर्ने प्रयास गर्नुपर्छ’,उनले भने,‘तत्काल नसके पनि समयभित्र पर्छौट गर्ने प्रतिवद्दता विभागसमक्ष गर्नुपर्छ ,नगरे म्यानपावरको कारोवार रोक्का गर्ने कारबाही प्रक्रिया थाल्छौं ।’पीडित कामदारले दायर गरेको उजुरी छिटोछरितो फछ्र्यौट गर्ने उद्देश्यले कारोवार रोक्का गर्ने व्यवस्था अगाडि सारिएको महानिर्देशक ढकालले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु