अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समापन हुदै

२०७१ मंसिर १ गते, सोमबार


काठमाडौ, १ मंसिर । हिजो आइतबारदेखि लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आज समापन हुदैछ ।सम्मेलनमा हिजोसम्म पेश भएका विभिन्न विषयको कार्यपत्रहरुमाथि समूहगत छलफल सकेर लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन आज सकिनेछ ।
सम्मेलन आज सकिएपछि भोलि विदेशी अतिथिहरुलाई लुम्बिनी लगायत बौद्धसँग सम्बन्धित क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय भएको छ ।
नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमारको सितगु इन्टरनेशनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालसहित करिब ३० देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागिता छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु