आजदेखि गढीमाई मेला सुरु

२०७१ मंसिर १ गते, सोमबार


काठमाडौँ । आजदेखि बाराको बरियारपुरमा प्रसिद्ध गढीमाई मेला सुरु भएको छ । मेलामा विभिन्न स्थानबाट श्रद्धालु तथा दर्शनार्थी जानेक्रम सुरु भएको छ । गढीमाई मेलामा यही मंसिर १२ र १३ गते बली दिने व्यवस्था गरिएको छ । मेलाको सुरक्षाका लागि भन्दै १६ वटा सिसी क्यामरा जडान गरिएको छ ।
हजारौं श्रद्धालुहरु आउने मेलामा खानेपानी, सुरक्षा, बिजुली, शौचालय व्यवस्थापन गर्न १४ वटा उपसमितिहरु बनाइएको छ भने मदिरा भने निशेष गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
३० हजारभन्दा बढी पशुबली हुने अनुमान गरिएको मेलामा कम्तीमा २० हजार राँगा अटाउने सवा दुई विघामा फैलिएको बधशालामा राँगाहरु राख्न ढाठ बनाइँदैछ । गढीमाईमा पशुबली दिए मनोकांक्षा पुरा हुने विश्वासमा नेपाल तथा भारतबाट आएको भक्तजन तथा दर्शनार्थीहरुले राँगा, बोका, परेवा र हाँसको बली दिने प्रचलन रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु