सवारी संचालनमा जोर–बिजोर प्रणाली लागु

२०७१ मंसिर ८ गते, सोमबार


काठमाडौ, ८ मंसिर । सार्क सम्मेलनका लागि सवारी व्यवस्थापन सहज बनाउन आजदेखि काठमाडौ उपत्यकामा जोर–बिजोर प्रणाली लागु भएको छ ।जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन मात्र चलाउन पाइन्छ भने बिजोर गते बिजोर नम्बर भएको सवारी साधन संचालन हुनेछ । ट्राफिक प्रहरी महाशाखाले गरेको योे व्यवस्था मंसिर १२ गतेसम्म ५ दिन लागु हुने भएको छ ।
महाशाखाका अनुसार अस्पताल, एम्बुलेन्स, दमकल, शववाहन, गृहमन्त्रालयको पास लिएका सरकारी गाडी, कुटनीतिक नियोग, हरियो नम्बर प्लेटका पर्यटक सवारीमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।
त्यस्तै पे्रस पास लिएका सवारी र विवाहका लागि दुलाह दुलही चढेको सवारीलाई पनि यो नियम लाग्ने छैन ।
त्यस्तै दुध, तरकारी, पानी तथा पेट्रोलियम पदार्थ बोकेका सवारीलाई बिहान ६ बजे अगिाडिसम्म र राती विशिष्ट पाहुना होटलमा पसिसकेपछि जोर विजोर लागु नहुने जनाइएको छ ।
यसैबीच सम्मेलन स्थल राष्ट्रिय सभागृहको नजिकै भएकाले पुरानो बसपार्क पनि आजदैखि खाली गरिने भएको छ । त्यहाँबाट आउने जाने गरेका गाडीलाई अन्यत्र विभिन्न ५ ठाउँमा व्यवस्था मिलाइएको पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
जोर बिजोरको आधारमा सवारी साधन संचालन गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना ।।।
मिती २०७१ साल मंसिर १० र ११ गते काठमाण्डौमा हुन गईरहेको १८ औं सार्क शिखर सम्मेलनको अवसरमा उपत्यकाको ट्राफिक ब्यबस्थापनलाई सहज बनाउनको लागि देहाय बमोजीमका सवारी साधनहरुमा जोर बिजोरको आधारमा सवारी साधन संचालन हुने हुदाँ सर्वसाधरण सवैको जानाकारीको लागि यो सूचना प्रसारण गरिएको छ ।
– मंसिर ८ गते देखि १२ गते सम्म ५ दिनको लागि जोर र विजोर नम्बरको आधारमा उपत्यकामा सवारी साधन संचालन गर्ने ।
– मंसीर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
– मंसीर ९ र ११ गते दूई दिन विजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
– तर सम्पुर्ण एम्बुलेन्स, शव बहान, दमकल, रक्त सेवा, रेडक्रस, अस्पतालका कर्मचारी ओसार पसार गर्ने सवारी साधन, सरकारी, कुटनैतिक सुबिधा प्राप्त, पर्यटन, विवाहका दुलाह दुलही बोकेका सवारी साधनहरुमा भने जोर विजोर प्रणाली लागु नहुने ।
– दुध, पानी, ईन्धन, ग्यास, तरकारी लगाएतका दैनिक उपभोग्य सामाग्री बोकेका सवारी साधनहरु राति १० बजे देखि बिहान ६ बजे सम्म चल्दा जोर बिजोर लागु नहुने तर दिउँसोको हकमा भने लागु हुने ।
– तर १० र ११ गते सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनहरुले गृह मन्त्रालयबाट अनिवार्य रुपमा पास लिएर मात्रै संचालन गर्नु पर्ने छ ।
– मोटरसाईकल, कार, जीप लगाएत सम्पुर्ण निजी तथा सार्वजनिक भाडाका बस, माईक्रोबस, ट्रक लगाएतका सवारी साधनहरु जोर बिजोरको आधारमा संचालन हुनेछन ।
– सवारी साधनको सबैभन्दा पछिल्लो अंकको आधारमा जोर बिजोर छुट्याईने छ ।
– नम्बर प्लेटको पछिल्लो अंक सुन्य, २, ४, ६, ८ भएमा जोर नम्बर प्लेट र १, ३ , ५, ७, ९ भएमा बिजोर नम्बर प्लेट मानिने छ ।
– प्रेस तथा अन्य निकायहरुले सार्क सम्मेलन अवधीभरका लागि पास लिएर सवारी साधन संचालन गर्नका लागि सार्क सुरक्षा पास तथा मिडिया ह्रयान्डलीङ्ग उपसमितिको डेस्क, होटल -याडीसन लाजिम्पाटमा सम्पर्क राख्न सकिनेछ ।
– पुरानो बसपार्कबाट संचालन हुँदै आएका सवारी साधनहरु सानो गौचरण, लैनचौर, जडिबुटी, टि यु गेट र ढुङ्गे अड्डाबाट संचालन हुनेछन ।
– उपत्यका भित्रने लामा दुरीका सवारी साधनहरु पनि रिङ्गरोड भन्दा भित्र प्रवेश गर्न पाउने छैनन् ।
– थप जानकारीको लागी ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जुनसकै बेला पनि सम्पर्क गर्न सक्नहुनेछ । साथै सहज र सुरक्षित यात्राको लागी ट्राफिक एफ. एम्. ९५.६ मेगाहर्ज सुन्न अनुरोध गरीन्छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखा ,रामशाहापथ काठमाण्डौं
सार्क शिखर सम्मेलनको अवसरमा ट्राफिक व्यवस्थापन सम्बन्धी सुचना ।।।
मिती २०७१ साल मंसिर १० र ११ गते काठमाण्डौमा हुन गईरहेको १८ औं सार्क शिखर सम्मेलनको अवसरमा उपत्यकाको ट्राफिक ब्यबस्थापनलाई सहज बनाउनको लागि नेपाल सरकारबाट देहायबमोजिमको निर्णय भएको हुदा सर्वसाधरण सवैको जानाकारीको लागि यो सूचना प्रसारण गरिएको छ ।
– मंसिर ९ गते देखि १२ गते सम्म ४ दिन उपत्यकाका शैक्षिक संस्थाहरुमा विदा दिने ।
– मंसिर १० र ११ गते २ दिन उपत्यकामा सार्वजनिक विदा दिने ।
– मंसिर ८ गते देखि १२ गते सम्म ५ दिनको लागि जोर र विजोर नम्बरको आधारमा उपत्यकामा सवारी साधन संचालन गर्ने ।
– मंसीर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
– मंसीर ९ र ११ गते दूई दिन विजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
– थप जानकारीको लागी ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जुनसकै बेला पनि सम्पर्क गर्न सक्नहुनेछ । त्यस्तै . ताm?कउबअभश्रकगअजबलब टाईप गरी ४३२१ मा एस एम एस गरेर र १६ १८ ०१ ४२ १९ ६४१ डायल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
– साथै सहज र सुरक्षित यात्राको लागी ट्राफिक एफ. एम्. ९५.६ मेगाहर्ज सुन्न अनुरोध गरीन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु