ट्रमा सेन्टर हस्तान्तरण हुदै

२०७१ मंसिर ९ गते, मंगलवार


काठमाडौ, ९ मंसिर । भारतको सहयोगमा बनेको राष्ट्रिय ट्रमा सेन्टर आज भारत सरकारबाट नेपाललाई हस्तान्तरण गरिनेछ ।
भवन निर्माण पुरा भएर पनि छ वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइराललाई हस्तान्तरण गर्ने कार्याक्रम छ ।
यसैका लागि ट्रमा सेन्टरको भवनमा सम्पूर्ण तयारी भइसकेको सेन्टरकी मेट्रोन नरदेबी बरियाले जानकारी दिइन् । ‘भौतिक संरचना, आवश्यक पुर्ननिर्माणको सम्पूर्ण व्यवस्था भइसकेको छ,’ उनले भनिन्, ‘आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, लगायत आवश्यक उपकरणहरुको सम्पूर्ण तयारी सकिएको छ ।’ उद्घाटन लगत्तै बिरामीको उपचार सेवा सुरु गरिनेछ । ५० शैय्यामा सेवा दिने तयारी भइरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु