बेपत्ता योद्धाको स्मृतिमा प्रतीक्षालय
काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका योद्धाको स्मृतिमा बेपत्ता योद्धा परिवार समाज धादिङद्वारा जिल्ला प्रशासन कार्यालयको परिसरमा निर्माण गरिने स्मृति प्रतीक्षालयको शिलान्यास गरिएको छ ।
जिविस धादिङको पाँच लाख र आइसिआरसीको ५० हजार रुपैयाँ सहयोगमा निर्माण हुन लागेको प्रतीक्षालयको एमाओवादीको पोलिटब्युरो सदस्य हितबहादुर तामाङले शिलान्यास गर्दै प्रतीक्षालयको निर्माण काममा सहयोग गर्न आग्रह गरे । द्वन्द्वका क्रममा धादिङका २७ जनाको स्थिति अज्ञात रहेको बताइएको छ । सो कार्यक्रम बेपत्ता योद्धा परिवार समाज धादिङका अध्यक्ष टीकानाथ कँडेलको अध्यक्षतामा भएको हो । – रासस