विश्व एड्स दिवस मनाइदै

२०७१ मंसिर १५ गते, सोमबार


काठमाडौं । आज विश्व एड्स दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मुत्युलाई शून्यमा पुर्‍याऔं भन्ने सन्देशका साथ नेपालमा पनि २७ औ विश्व एड्स दिवस मनाइदैछ ।
दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।
समुदायसँग सहकार्य गदै परिक्षण गर, उपचार गर, उपचारमा नियमित होउ भन्ने अभियानबाट एचआईभी एड्स शून्यमा पुर्‍याउने योजना रहेको राष्ट्रिय एचईभी एड्स तथा यौनरोग नियन्त्रण केन्दका निर्देशक डा. दिपेन्द्ररमण सिहंले जानकारी दिए ।
एचआईभी सम्बन्धि रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवामा सबैको पहुच बढाउने गरी काम गर्न पनि उनले संघ संस्थाहरुलाई आग्रह गरे । हालसम्म विश्वमा करिब ३ करोड ६० लाख व्यक्तिको एड्स लागेर मृत्यु भएको एक अध्ययनले देखाएको छ । नेपालमा भने २०७१ साल असार मसान्तसम्म २५ हजार २ सय २२ जनामा एचआईभी संक्रमण भएको पाईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भूकम्प स्मृति दिवस मनाइँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

देशभर गर्मी बढ्यो

२०८२ बैशाख १० गते, बुधबार