बर्डफ्लुबाट सतर्क हुन आग्रह

२०७१ मंसिर १६ गते, मंगलवार

काठमाडौं । बर्डफ्लु बाट बच्न आफूले पालेका पंक्षीलाई खुला रुपमा नछोड्न, घरपालुवा पंक्षीलाई जंगली चराको सम्पर्कमा आउन नदिन र मरेका पंक्षी तथा संक्रमित बस्तु जथाभावी नफाल्न सरकारले सबैमा अनुरोध गरेको छ ।छिमेकी राष्ट्र भारतमा बर्डफ्लु रोग देखिएकोले सतर्कता अपनाउन सरकारले यस्तो आग्रह गरेको हो । सार्वजनिक सूचना निकालेर पशु स्वास्थ्य निर्देशानलयले हाँस तथा कुखुरालाई मिसाएर नराख्न, प्रयोग भईसकेको अण्डा राख्ने ट्रे पुनः प्रयोग नगर्न र आफूले पालेको पंक्षी एक्कासी धेरै संख्यामा विरामी परेमा वा मरेमा तुरुन्त पशु सेवा निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भूकम्प स्मृति दिवस मनाइँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

देशभर गर्मी बढ्यो

२०८२ बैशाख १० गते, बुधबार