आज अपाङ्गता दिवस

२०७१ मंसिर १७ गते, बुधबार


काठमाडौं। ‘दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नाराका साथ आज अपाङ्गता दिवस मनाईंदैछ । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले नयाँ बन्ने संविधानमा अपाङ्गता भएका नागरिकको सवाललाई पहिचानसहित पहिलो प्राथमिकतामा राखी मौलिक हकको छुट्टै धारामा अनिवार्य समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारको प्रतिनिधित्व र सहभागिताको अनिवार्य व्यवस्थाको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।
यसै वर्षदेखि नीलो परिचयपत्र प्राप्त गर्ने सबै अपाङ्गता भएका व्यक्तिलाई मासिक तीनसय रुपैंया सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरिएको छ । सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वनधी महासन्धि २००६ लाई कार्यान्वयन गर्न अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वनधी विधेयक तयार, स्वास्थ्य नीतिमा अपाङ्गताको सवाल समावेश, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, शिक्षा, स्वास्थ्य, रोजगार र स्वरोजगारीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्दैआएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

२०८२ आश्विन २५ गते, शनिबार

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार