चिसोले जनजीवन प्रभावित
काठमाडौ । केही दिनयता बढ्दै गएको चिसोले देशभरको जनजीवन प्रभावित भएको छ । तराईमा शीतलहर परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ भने राजधानीलगायत अधिकांश ठाउँमा हिजो वर्षा भयो । आज पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुनेछ भने पश्चिमी उच्च क्षेत्रमा सामान्य हिमपात पनि हुन सक्ने जनाइएको छ ।
राजधानीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । भोलिदेखि मात्र मौसममा सुधार आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम सम्बन्धी जानकारी १६१८०७०७३३३३३ मा फोन गरेर पनि लिन सकिने महाशाखाले जनाएको छ ।
यसैबीच त्रिभुवन विमानस्थलबाट अहिलेसम्म कुनै पनि उडान हुन सकेको छैन । बाक्लो हुस्सुका कारण आन्तरिक तथा बाह््य उडानहरु अहिलेसम्म हुन नसकेको विमानस्थलले जनाएको छ ।