सरकारी कार्यालय बिहान ६ बजेदेखि
काठमाडौं । सरकारले नागरिकको चाप बढी हुने केही सरकारी कार्यालयमा आजदेखि बिहान ६ बजेदेखि कामकाज सुरु गराएको छ । आज बिहानै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहितको सरकारी टोलीको उपस्थितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट यस्तो सेवाको शुभारम्भ गरियो ।
जिल्ला प्रशासन कार्यालय, श्रम कार्यालय, मालपोत कार्यालय, खानेपानी, विद्युतलगायतका कार्यालयमा बिहानैदेखि सेवा सुरु भएको छ ।
ती कार्यालयमा दुई सिफ्टमा काम हुनेछ । पहिलो सिफ्ट बिहान ६ देखि १२ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १२ देखि ६ बजेसम्म संचालन गर्ने सरकारी निर्णय रहेको छ ।