जथाभावी फोहोर फाल्ने विरुद्ध कडाई

२०७१ पुष ३ गते, बिहीबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने विरुद्ध कडाई गरेको छ । अहिले दैनिक १० जना कारबाहीमा पर्ने गरेका र उनीहरुबाट २० देखि २५ हजार रुपैयाँ उठ्ने गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले सडकमा फोहोर फाल्नेविरुद्ध छुट्टै कमिटी बनाएर निगरानी गर्ने गरेको छ ।यस्तै फोहोर नफाल्न चेतनामूलक कार्यक्रम पनि गर्ने गरिएको महानगरपालिकाले जनाएको छ । साउन यता मात्रै महानगरपालिकाले फोहोर फाल्ने विरुद्ध गरेको कारबाहीबाट ७ लाख रुपैयाँ उठाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु