नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी नेपाल आउँदै
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता भारतीय बाल अधिकारका अभियन्ता कैलाश सत्यार्थी आज नेपाल आउँदै छन । तीनदिने नेपाल भ्रमणकालागि नेपाल आईपुग्ने उनले शुक्रबार नै सभासद्लाई सम्बोधन गर्ने बताइएको छ । शुक्रबार दिउँसो तीन बजे संविधानसभा भवनको लोत्से हलमा सभासद्लाई सम्बोधन गर्नुअघि सत्यार्थीले सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिए ।
सत्यार्थीले शुक्रबार नै प्रधानमन्त्रीसँग पनि भेट्ने बताइएको छ ।