सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२०७१ पुष ११ गते, शुक्रबार

काठमाडौ । नारायणगढ–बुटवल सडकखन्डअन्तर्गत पर्ने नवलपरासीका दुई छुट्टा–छुट्टै स्थानमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना२ख ८४२५ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना३२प ३२५ नम्बरको मोरसाइकललाई अरुणखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा नवलपरासी नयाँबेलहानी–८ अरुणखोलाका २५ वर्षीया भुपा कोइराला र २४ वर्षीया प्रेम कोइराला रहेका छन् ।
त्यस्तै, नारायणगढबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१०४ नम्बरको ट्रकले पैदलयात्रीलाई गैडाकोटमा ठक्कर दिँदा सनाखत हुन नसकेका अन्दाजी ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । घटनाका दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सडक देखिन नसक्ने गरी लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु