सेतो मच्छिन्द्रनाथको महास्नान हुँदै

२०७१ पुष १४ गते, सोमबार

काठमाडौ । सहकाल र करुणाका प्रतिक सेतो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । सेतो मच्छिन्द्रनाथको रथजात्राको लागि हरेक वर्षको पुस शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा अनुसार सोमबार महास्नान हुन लागेको हो ।
काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने डबलीमा मूर्तिलाई राखेर महास्नान गराउने गरिन्छ । महास्नानको लागि आइतबार शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट जल ल्याएर स्थापना गरिएको सेतो मच्छिन्द्रनाथका पूजारी दयानन्द बज्राचार्यले बताए ।
महास्नान गर्नु भन्दा अघि विशेष पूजा गरेर जीवन्यासलाई कलशमा प्रतिस्थापन गरिने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु