आज तमु ल्होसार
काठमाडौं । तमु समुदायले घोडा बर्गलाई बिदाई गरी भेडा बर्गलाई स्वागत गर्ने परम्परा अनुसार आज तमु ल्होसार मनाउँदै छन् । ल्हो को अर्थ बर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने चलन छ । ‘नयाँ बर्षको रुपमा ल्होसार पर्व शेर्पा, तामाङ, गुरुङ लगायत बिभिन्न जातजातिले मनाउने गरेका छन् । तमु, तामाङ लगायतका जातीले माघ शुक्ल प्रतिपदाका दिन सोनाम र शेर्पा तथा भोटे लगायतका जातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन । गुरुङ समुदायले १५ पुष यसै अवसरमा आज राजधानीको टुंडिखेलमा बिशेष कार्यक्रमको आयोजना गर्दैछन् ।
यसैबीच राष्ट्रपति डा. रामवरण यादवले तमु ल्होसारका अवसरमा आपसी भाइचारा, र सदभाव जगेर्ना तथा अभिबृद्धि गर्न सबैलाई आग्रह गरेका छन् । यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना ब्यक्त गरेका छन् ।