एसएसपी खरेलले श्रीमतीलाई नक्कली सुराकी बनाएर कमिसन कुम्ल्याए
काठमाडौ । नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर उनले पनि पत्नी रञ्जु खरेललाई सुरकी बनाएर कमिसन खाएका छन् ।
खरेल पर्सा प्रमुखको रुपमा कार्यरत हुँदा पत्नीलाई सुराकी बनाएर भन्सार कार्यालयबाट कमिसन लिएका हुन् । भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुरकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका छन् ।
भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन नेपाल प्रहरीमा पूरानै हो । त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ । खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ । कतिपय सुराकीका आधारमा र कतिपय चेकजाँचका क्रममा बरामद हुन्छ ।
यसैबीच खरेलले आफूले भ्रष्टाचार र घुस नखाएको दाबी गर्दै नियमानुसार कमिसन लिएको दाबी गरेका खछन् । उनले वीरगन्जमा छँदा आफूले नियमानुसार नै कमिसन खाएको बताए । उनले श्रीमतीको नाम राखेर लिएको पनि स्वीकारे । ‘झुटो बोल्दिनँ,श्रीमतीको नाम राखेकै हो,तर के मेरी श्रीमती यो देशको नागरिक होइनन् ? के उनले सुराकी दिने अधिकार राख्दिनन् ?’ खरेलले भने ।