आज वैद्य माओवादी र ३० दलिय मोर्चाको बन्द

२०७१ पुष २९ गते, मंगलवार

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले आह्वान गरेको ताम्सालिङ प्रदेश र बैद्य माओवादीको मध्यमाञ्चल बन्दका कारण राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।महानगरीय ट्राफिक प्रहरी भक्तपुरको जगती चेक पोष्टका अनुसार साँगाभञ्याङ नाकाभएर राजधानी बाहिरीने र भित्र्ने सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छैनन् । राजमार्गमा सावरी साधन सञ्चालन नहुदाँ काभ्रेभएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगा जिल्ला तर्फ आफ्नो कुनै पनि बस राजधानी बाहिरिन नसकेको अरनिको यातायात सेवा समितिका कार्यालय प्रमूख रामशरण खरेलले जानकारी दिए । पार्टीको झण्डासहित बन्दकर्ताहरु विहानैदेखि बनेपा र धुलिखेलको चोक–चोकमा बसेर सवारी आवागमनमा अवरोध गरिरहेका छन् । बन्दलाई मध्यनजर राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै ३० दलिय मोर्चा र नेकपा–माओवादीले आह्वान गरेको वन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । वन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । अहिले फाट्टफुट्ट ट्रकहरु मात्रै चलिरहेका छन् ।
त्यस्तै शैक्षिक संस्था,कलकारखाना पनि ठप्प छन् । अहिले वन्दकर्ताहरु सडकमा देखिएका छैनन भने चोकचोकमा प्रहरी परिचालन गरिएको छ । संघीयतासहितको संविधान बनाउनुपर्ने माग राख्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले र संविधान सभाको विघटन गरी गोलमेच सभाको आयोजना गर्नुपर्ने माग सहित वैद्य माओवादीले बन्द आह्वान गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु