आज राष्ट्रिय भूकम्प दिवस
काठमाडौ, २ माघ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस ‘नसोचेकै बेलामा आउँछ है भुइँचालो, पूर्वतयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नारासहित जनचेतनामुलक कार्यक्रम गरेर देशभर मनाइँदैछ । आज भूकम्पबाट जोगिन विभिन्न चेतनामुलक कार्यक्रम गर्न लागेको सरोकारवाला सङ्घसस्थाले जनाएका छन् ।विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ । आज काठमाडौलगायत विभिन्न शहरहरुमा जनचेतनामुलक कार्यक्रम हुँदैछन् ।
भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमै ११ औ स्थानमा पर्दछ । राजधानी काठमाडौ भूकम्पपछिको क्षतिका हिसाबले पहिलो स्थानमा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले जानकारी दिनुभयो ।
९० सालको जत्रो भूकम्प गएमा काठमाडौमा एक लाख व्यक्तिको मृत्यु, झण्डै तीन लाख घाइते हुने र ६० प्रतिशतभन्दा बढी घर कामै नलाग्ने गरी भत्कने विज्ञहरुले बताएका छन् । दिउँसो भूकम्पीय पूर्वाभ्यास गरिने भूकम्प प्रविधि समाजले जनाएको छ ।