लोडसेडिङ फेरि बढ्यो

२०७१ माघ ३ गते, शनिबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयावधि फेरि बढाएको छ । प्राधिकरणले आगामी आजदेखि लागू हुने गरी दैनिक ११ घण्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका र्सार्वजनिक गरेको हो । हाल सातामा ७० घण्टासम्म विद्युत् आपूर्ति कटौती हुँदै आएकामा अब सातामा ७५ घण्टासम्म लोडसेडिङ हुनेछ । विद्युत्को माग बढेको र मध्यमर्स्याङदी जलविद्युत् केन्द्र मर्मतका लागि पूणारूपमा बन्द गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आजदेखि सातामा ६ दिन ११ घण्टा र एक दिन ९ घण्टा लोडसेडिङ हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु